भक्तपुरमा एसईई विद्यार्थी केन्द्रित मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुरमा एसईई विद्यार्थी केन्द्रित मार्गनिर्देशन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २९ । एसईई २०८० को पर्खाइमा रहेका विद्यार्थीहरूको ज्ञान प्रवर्द्धन तथा शैक्षिक अभिप्रेरणा स्वरूप गत सोमबार प्रोत्साहनमुलक कार्यक्रम आयोजना भयो।

ग्रुप अफ प्राइभेट इंग्लिश स्कूलको आयोजकत्व तथा अक्सफोर्ड प्राक्टिकल स्कूल र एक्सेस एकेडेमीको सहकार्यमा संचालित उक्त परामर्श कार्यक्रम सूर्यविनायकको न्यातापोल बैंक्वेटमा सम्पन्न भएको थियो।

किताबी ज्ञानले परिक्षामा पास त हुन सकिने तर व्यावहारिक ज्ञान अपूर्ण हुन सक्ने भन्दै एक्सेस एकेडेमीका संचालक निराजन सिल्वालले सामाजिक शिक्षा एवम् मानव मूल्य र मान्यताका पाठहरू पनि विद्यार्थीहरुले सिक्दै जानु पर्नेमा जोड दिए ।

यसले गर्दा व्यक्तिगत विकास मात्र नभई सम्पूर्ण राष्ट्रको स्तरोन्नतिमा विद्यार्थीहरूको परोक्ष भूमिका रहने विचार राखे ।

शिक्षकहरूको मेन्टरिङ सँगसँगै विद्यार्थी स्वयंले पनि लक्ष्य निर्धारण गर्न र तद्अनुरूप सफलता प्राप्त गर्न भरपर्दो शैक्षिक संस्था छान्नु पर्ने धारणा व्यक्त गर्दै अक्स्फोर्ड प्राक्टिकल स्कूल तथा कलेजका प्रिन्सिपल रवि दुवालले कार्यक्रममा उत्साहजनक भएको बताए ।

साथै विद्यार्थीहरुको पूर्ण विकास र उनीहरुको भविष्यको सफलताका लागि तयार पार्नका लागि +2 म्यानेजमेन्ट र मानविकी संकाय तर्फ अक्सफोर्ड प्राक्टिकल स्कूल उचित गन्तव्य रहेको जानकारी गराए ।

विद्यार्थीहरूको सफल शैक्षिक यात्राका लागि प्रेरणा दिँदै सामाजिक शिक्षा विज्ञ दुर्गा बहादुर आले तथा गणित विषय शैक्षिक राम दारेस शाहले आ-आफ्नो मन्तव्य राखेका थिए ।

साथै १०० भन्दा बढी सक्रिय एबम् उत्साही विद्यार्थीको उपस्थितिमा तेजस्वी पाठशालाका उप- प्रध्यानाध्यापक दधिकोट इङ्गलिस स्कुल, भक्तपुरका प्राचार्य रमेस मानन्धरले विद्यार्थीहरुलाई थप हौसला प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2024
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने