भक्तपुरमा एसईई विद्यार्थी केन्द्रित मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुरमा एसईई विद्यार्थी केन्द्रित मार्गनिर्देशन कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन २९ । एसईई २०८० को पर्खाइमा रहेका विद्यार्थीहरूको ज्ञान प्रवर्द्धन तथा शैक्षिक अभिप्रेरणा स्वरूप गत सोमबार प्रोत्साहनमुलक कार्यक्रम आयोजना भयो।

ग्रुप अफ प्राइभेट इंग्लिश स्कूलको आयोजकत्व तथा अक्सफोर्ड प्राक्टिकल स्कूल र एक्सेस एकेडेमीको सहकार्यमा संचालित उक्त परामर्श कार्यक्रम सूर्यविनायकको न्यातापोल बैंक्वेटमा सम्पन्न भएको थियो।

किताबी ज्ञानले परिक्षामा पास त हुन सकिने तर व्यावहारिक ज्ञान अपूर्ण हुन सक्ने भन्दै एक्सेस एकेडेमीका संचालक निराजन सिल्वालले सामाजिक शिक्षा एवम् मानव मूल्य र मान्यताका पाठहरू पनि विद्यार्थीहरुले सिक्दै जानु पर्नेमा जोड दिए ।

यसले गर्दा व्यक्तिगत विकास मात्र नभई सम्पूर्ण राष्ट्रको स्तरोन्नतिमा विद्यार्थीहरूको परोक्ष भूमिका रहने विचार राखे ।

शिक्षकहरूको मेन्टरिङ सँगसँगै विद्यार्थी स्वयंले पनि लक्ष्य निर्धारण गर्न र तद्अनुरूप सफलता प्राप्त गर्न भरपर्दो शैक्षिक संस्था छान्नु पर्ने धारणा व्यक्त गर्दै अक्स्फोर्ड प्राक्टिकल स्कूल तथा कलेजका प्रिन्सिपल रवि दुवालले कार्यक्रममा उत्साहजनक भएको बताए ।

साथै विद्यार्थीहरुको पूर्ण विकास र उनीहरुको भविष्यको सफलताका लागि तयार पार्नका लागि +2 म्यानेजमेन्ट र मानविकी संकाय तर्फ अक्सफोर्ड प्राक्टिकल स्कूल उचित गन्तव्य रहेको जानकारी गराए ।

विद्यार्थीहरूको सफल शैक्षिक यात्राका लागि प्रेरणा दिँदै सामाजिक शिक्षा विज्ञ दुर्गा बहादुर आले तथा गणित विषय शैक्षिक राम दारेस शाहले आ-आफ्नो मन्तव्य राखेका थिए ।

साथै १०० भन्दा बढी सक्रिय एबम् उत्साही विद्यार्थीको उपस्थितिमा तेजस्वी पाठशालाका उप- प्रध्यानाध्यापक दधिकोट इङ्गलिस स्कुल, भक्तपुरका प्राचार्य रमेस मानन्धरले विद्यार्थीहरुलाई थप हौसला प्रदान गरे ।

Published Date: 12 March 2024
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय