बैंकहरुमा अधिक तरलता, एक महिनामा नै ५ खर्ब बढी निक्षेप राष्ट्र बैंकमा जम्मा

बैंकहरुमा अधिक तरलता, एक महिनामा नै ५ खर्ब बढी निक्षेप राष्ट्र बैंकमा जम्मा : Icon Khabar

काठमाडौँ, फागुन २९ । बैंकहरुमा अधिक तरलता हुँदा बैंकहरुले एक महिनामा नै ५ खर्ब बढी निक्षेप राष्ट्र बैंकमा राखेका छन्। बैंकहरुले बढी भएको तरलता राष्ट्र बैंकमा राखेका हुन्।

फागुनदेखि मात्रै केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएकाे थियो। फागुन २७ गतेसम्ममा बैंकहरुले ५ खर्ब ३१ अर्ब निक्षेप ३ प्रतिशत ब्याजमा नै राष्ट्र बैंंकमा राखेका हुन्। योमध्ये अझै पनि ६६ अर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा नै छ।

अधिक तरलता भएपछि बैंकहरुले एक महिनामा नै ८ पटक स्थायी निक्षेप सुविधा प्रयोग गरिसकेका छन्। खासगरी बैंकहरुले सातामा २ पटक स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ। सोहि अनुसार बैंकहरुले बढी भएको निक्षेप राष्ट्र बैंकमा राख्ने गरेका छन्।

पछिल्लो समय निक्षेप संकलन लगातार बढ्दो क्रममा छ। कर्जा लगानी न्युन हुँदा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिरहेको छ। यसले गर्दा ब्याजदर समेत घट्दै गएको छ।

फागुनदेखि नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएको भएपनि अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको छ। राष्ट्र बैंकले बैंकहरुमा बढी भएको तरलता राष्ट्र बैंकमा निक्षेपको रुपमा राख्न मिल्ने गरी स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो। तर पनि अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल नै छ।

राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन उक्त सुविधा ल्याएको थियो। पछिल्लो धेरै महिनादेखि बैंकहरुको अन्तरबैंक ब्याजदर केन्द्रीय बैंकले राखेको लक्ष्यको तल्लो सिमाभन्दा तल थियो।

अहिले बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम अधिक छ। बैंकहरुको सिडि रेशियो ७९.९० प्रतिशतमा झरेको छ। यसले बैंकहरुसँग ६ खर्बभन्दा धेरै लगानीयोग्य रकम रहेको देखाउछ। तर पनि पछिल्लो समय कर्जा लगानी न्युन नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2024
Website | + posts


ताजा
फोनपेबाट हवाई टिकट बुक गर्दा ३०० रुपैयाँ क्यासब्याक, हरेक हप्ता ५ जनालाई स्मार्टवाच
देशको सार्वजनिक ऋण लगातार चुलिंदै, प्रति नेपाली ऋण हिस्सा ८६ हजार ७ सय रुपैयाँ
आईफोन १६ खरिद गर्न भारतका एप्पल स्टाेरमा भीड
जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर


ट्रेन्डिङ
सुनकोशीमा खसेको भक्तपुर आउंदै गरेको हाइलक्स गाडी बेपत्ता, भक्तपुरका ३ व्यक्ति अझै बेपत्ता
भक्तपुरमा आफ्नै घरको छतबाट खसेर एक जनाको मृत्यु
सुनकोशीमा खसेको गाडी भेटियो, भक्तपुरका ३ व्यक्ति भने अझै बेपत्ता
सिन्धुली दुर्घटना: सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी कार्य अहिले पनि जारी