‘मिस वर्ल्ड’ को उपाधि क्रिस्टिनालाई, उत्कृष्ट ४० बाट बाहिरिइन् नेपालकी प्रियंकारानी

‘मिस वर्ल्ड’ को उपाधि क्रिस्टिनालाई, उत्कृष्ट ४० बाट बाहिरिइन् नेपालकी प्रियंकारानी : Icon Khabar

काठमाडौं, फागुन २७ । मिस वर्ल्डको ७१ औं श्रृङ्खला चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाको पोल्टामा गएको छ । शनिबार राती मुम्बईमा आयोजना भएको फाइनलमा २४ बर्षकी पाइस्कोभाले उपाधि जितेकी हुन् । उनी, पेसाले अन्तराष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी हुन् ।

विश्वको नम्बर १ सौन्दर्य प्रतियोगिताको फस्ट रनरअप लेबनानकी जायतौनको पोल्टामा गयो । मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी क्वाटर फाइनलबाट बाहिरिइन् । प्रियंका उत्कृष्ट ४० सम्म पुगेकी थिइन् । मुम्बईको जियो कन्भेन्सन सेन्टरमा फाइनलको आयोजना गरिएको थियो । कार्यक्रममा बलिउड निर्देशक करण जोहर र पूर्व मिस वर्ल्ड मेगन योङले होस्ट गरेका थिए ।

मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एण्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड उपाधि लेसेगो चोम्बोले जितेका छन् । यो संकरणमा नेपालकी प्रतिस्पर्धी प्रियंकारानी अन्तिम ४० सम्म मात्र पुगेकी थिइन् । ‘ब्यूटी विथ अ पर्पस’ विधामा भने नेपाल एसियाली विजेता बनेको छ । यो विधाको विजेता ब्राजिलकी प्रतिस्पर्धीले जितेकी छिन् ।

Published Date: 10 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास