उपनिर्वाचनः इलाम -२ को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन

उपनिर्वाचनः इलाम -२ को उम्मेदवार बन्न सुहाङ नेम्वाङले दिए निवेदन : Icon Khabar

विराटनगर, फागुन २७ । दिवंगत एमाले नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्न पार्टीमा निवेदन दिएका छन् ।

इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको भदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम–२ मा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार बनाउन सुहाङले पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् । उनी केही समयदेखि गृहजिल्ला इलाम र उक्त निर्वाचन क्षेत्रमा सक्रिय रहँदै आएका छन् । भेटघाट र अन्तरक्रियामा सहभागी हुँदै उनले निर्वाचनका लागि वातावरण बनाइरहेको उनीनिकट नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts