किकम्पा मन्टेश्वरीमा ट्राफिक नियम सम्बन्धि व्यवहारिक शिक्षा प्रदान

किकम्पा मन्टेश्वरीमा ट्राफिक नियम सम्बन्धि व्यवहारिक शिक्षा प्रदान : Icon Khabar

भक्तपुर, फागुन २७ । भक्तपुरको सूर्यविनायक – ८ स्थित किकम्पा मन्टेश्वरी प्रि-स्कूलमा गत शुक्रबार किकम्पा मन्टेश्वरीमा ट्राफिक नियम सम्बन्धि व्यवहारिक कक्षा संचालन भएको छ। “Anything is possible when learning is fun” भन्ने उद्वेश्यलाई अघि सार्दै प्रि-सेकेण्ड र कक्षा १ का विद्यार्थीहरुलाई सो कार्यक्रम आयोजना गरेको हो।

सो कार्यक्रममा सहभागी हुन बालबालिकाहरु स्वयं सूर्यविनायक चोकमा भेला भएर ट्राफिक चिन्ह, ट्राफिक नियम र जेब्रा क्रसिङ्गसँगै बाटोमा के कस्ता कुरामा ध्यान दिनुपर्छ भन्ने बारे जानकारी प्राप्त गरेका थिए।

विद्यार्थी बालबालिकाहरुलाई पैदल यात्रु र सवारी साधन चालकहरुले ट्राफिक नियम पालना नगर्दाहुने सम्भावित दुर्घटनाका बारेमा पनि बुझाइएको थियो।

विद्यार्थीको पाठ्यक्रममा रहेका हरेक अतिरिक्त क्रियाकलापहरु गराउंदै आएको यस किकम्पा मन्टेश्वरीले सोहि अन्तर्गत व्यवहारिक शिक्षा प्रदान गरेको विद्यालयका प्रिन्सिपल राजेश लाखाले आइकन खबरलाई जनाकारी दिए।

उनले आगामी दिनमा पनि विद्यालयले आफ्ना विद्यार्थीहरूलाई यस्तै चेतनामूलक कुराको बारेमा जानकारी दिने कार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्वता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts