भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु : Icon Khabar

भक्तपुर, फागुन २७ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरे रहेका छन् ।

सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार गर्ने मणिराज घिमिरे गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरी वृत्त जगातीमा नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts