भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु : Icon Khabar

भक्तपुर, फागुन २७ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका-७ का मणिराज घिमिरे रहेका छन् ।

सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०३२ प. ३३१३ नं. को मोटरसाईकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार गर्ने मणिराज घिमिरे गम्भिर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल ठिमी लगेकोमा उपचारकै क्रममा राति पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेपलान्चोक जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरी वृत्त जगातीमा नियन्त्रणमा लिएको छ ।

घटनास्थलमा प्रहरी वृत जगाती भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान कार्य र घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

Published Date: 10 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास