सुनको मूल्यमा पुनः नयाँ रेकर्ड

सुनको मूल्यमा पुनः नयाँ रेकर्ड : Icon Khabar

काठमाडौं, फागुन २७ । आइतबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। सुनले गत बिहीबार बनाएको रेकर्डलाई तोडेर आज पुन नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेर १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि गत बिहीबार सुनले नयाँ रेकर्ड बनाएको थियो। शुक्रबार भने सुनको मूल्य स्थिर रहेको थियो।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।

सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदा आज चाँदीको मूल्य पनि सामान्य बढेको छ। गत शुक्रबार प्रतितोल १ हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी, आज १ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 March 2024
Website | + posts




ताजा
आजको मौसम : पहाडी र तराई भू-भागमा मध्यम वर्षाको सम्भावना
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ