त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने

त्रिकोणात्मक श्रृङ्खला : नेपालले आज पहिलो खेल हङकङसँग खेल्ने : Icon Khabar

काठमाडौं, फागुन २७ । आइसीसी टि२० विश्वकपको लागि तयारीस्वरूप नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको हङकङ भ्रमण अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज पहिलो खेल हुँदैछ ।

सिरिजको पहिलो खेलमा नेपाल र हङकङ खेल्नेछन् । शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । उक्त हारको बदलासहित नेपाल सिरिजमा सुखद सुरुवात गर्ने सोचमा हुनेछ ।

मार्च १२ मा पिएनजीले नेपाल र हङकङ दुवैसँग खेल्नेछ । मार्च १३ मा फाइनल हुनेछ । लिग तालिकामा तेस्रो हुने टोलीले हङकङ ए सँग टि२० खेल खेल्नेछ ।

नेपाली टोली : रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम ।

Published Date: 10 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास