चार मन्त्रालयमा रास्वपाको दाबी, गृह नछाड्ने

चार मन्त्रालयमा रास्वपाको दाबी, गृह नछाड्ने : Icon Khabar

काठमाडौँ, फागुन २२ । नयाँ सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहसहित चार मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम चार मन्त्रालयमा दाबी रहने पार्टी उपसभापति स्वर्णिम वाग्लेले जानकारी दिएका छन् ।

गृहमा अरु कसैको दाबी भए पनि रास्वपाले नछाड्ने उपसभापति वाग्लेले बताएका छन् । उक्त मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने उनी बताउँछन् । एमालेको दाबी भए पनि गृह छाड्न नसक्ने बताउँदै उनले भने, ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ, गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’

मन्त्रालय भागबण्डाका लागि सत्ता गठबन्धन दलहरूको बैठक आज (मंगलबार) दिउँसो बस्दैछ । बैठकमा रास्वपाबाट वाग्ले नै सहभागी हुनेछन् । सोमबार नयाँ गठबन्धनसहित विस्तार भएको मन्त्रिपरिषद्मा रास्वपाबाट डिपी अर्याल मन्त्री बनिसकेका छने । मन्त्रालयको जिम्मेवारी भने तोक्न बाँकी नै छ ।

Published Date: 05 March 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली