टी–२० आई सिरिज : उपाधिका लागि आज नेपाल र नेदरल्याण्डस भिड्दै

टी–२० आई सिरिज : उपाधिका लागि आज नेपाल र नेदरल्याण्डस भिड्दै : Icon Khabar

काठमाडौँ, फागुन २२ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा आज नेदरल्यान्ड्सको सामना गर्दैछ । खेल टियु क्रिकेट मैदानमा ११:३० बजे सुरु हुनेछ ।

नेपाल लिग चरणमा ४ अंकका साथ उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको हो । ५ अंक जोडेको नेदरल्यान्ड्स भने शीर्षस्थानमा रहेर फाइनल पुग्न सफल भयो । लिग चरणमा नेपाल र नेदरल्यान्ड्सले एक अर्कासँग १-१ खेल जितेका थिए । नेपालले नामिबियासँग पनि १ जित र १ हारको नतिजा निकालेको थियो । नेदरल्यान्ड्सले नामिबियालाई पहिलो खेलमा हराउँदा दोस्रो खेल भने वर्षाले रद्द भएको थियो ।

सन् २०२१ मा सम्पन्न त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई हराएको थियो । त्यसबेला नेपाल १ सय ४२ रनको अन्तरले विजयी भएको थियो । नेपाल र नेदरल्यान्ड्सबीच पछिल्लो ५ मध्य ३ खेलमा नेपालले जित हासिल गरेको छ ।

प्रतियोगिताको सुरुवाती दुई खेलमा हार बेहोरेको नेपाल त्यसपछि लगातार दुई जितका साथ फाइनल पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts
ताजा
दशैंको नवरातमा ‘धिमे बाजा’मै बढी जोड, अन्य परम्परागत वाद्यवादन ओझेलमा
देशभर ४५ जिल्लाका विभिन्न स्थानमा दशैं, तिहार लक्षित सुपथ मूल्य पसल सञ्चालनमा
पहिरोका कारण एक महिनाअघिदेखि अवरुद्ध तातोपानी–कोदारी राजमार्ग खुल्यो
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो
नगरकोट र काभ्रे मण्डनदेउपुर : हरियाली, वर्षा र ट्राउट माछापालनले नयाँ सम्भावना (फोटो फिचर)