प्राविधिकसँग भनाभन भएपछि स्टेज छाडेर हिडिन् एलिना

प्राविधिकसँग भनाभन भएपछि स्टेज छाडेर हिडिन् एलिना : Icon Khabar

काठमाडौँ, फागुन २२ । गायिका एलिना चौहानको एक सांगीतिक कार्यक्रमका क्रममा साउण्ड प्राविधिकसँग भनाभन भएको छ । साउण्ड नमिलेपछि एलिना र प्राविधिकबीच भनाभन भएको हो । सामाजिक संजालमा भाइरल भइरहेको भिडियो पर्वतको हो । पर्वतमा जारी ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’मा गीत गाउन पुगेकी एलिना र साउण्ड प्राविधिकबीच भनाभन भएको हो ।

यसपछि, एलिनाको प्रस्तुति सकिएको कार्यक्रम संचालकले जानकारी गराएका थिए । सार्वजनिक भिडियोमा दर्शकहरुले होहल्ला गरेको पनि देख्न सकिन्छ ।

एलिनाले साउण्ड मिलाइदिन आग्रह गर्दा प्राविधिकले ‘भोकललाई क्लिएर गरेर हामीसँग लेबल माग्नु’ भनेका छन् । यसपछि, एलिनाले जवाफ फकाउँदै भनेकी छिन्–‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है  बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’

एलिनासँग भनाभन गर्दा प्राविधिकले भनेका छन्–‘तपाइले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ एलिनाले प्राविधिकबाट रुख बोली आएपछि आयोजकसँग पनि चर्को स्वर गरेकी छिन् । दर्शकले भने एलिनाकै पक्षमा हुटिङ गरिरहेको देख्न सकिन्छ ।

भनाभन भएपछि भने एलिना त्यहाँबाट हिँडेकी थिइन् । एलिना र प्राविधिकबीच भनाभन भएपछि गाउने वातावरण नबनेको प्रष्ट देखिन्छ ।

Published Date: 05 March 2024
ताजा
तामाकोशीको बाढीले पुष्पलाल राजमार्ग चिरियो, दोलखाको किर्नेटारमा सडक बग्दा यातायात पूर्ण ठप्प
आज पनि सुनको मूल्य बढ्यो ? तोलाको कति ?
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय