प्राविधिकसँग भनाभन भएपछि स्टेज छाडेर हिडिन् एलिना

प्राविधिकसँग भनाभन भएपछि स्टेज छाडेर हिडिन् एलिना : Icon Khabar

काठमाडौँ, फागुन २२ । गायिका एलिना चौहानको एक सांगीतिक कार्यक्रमका क्रममा साउण्ड प्राविधिकसँग भनाभन भएको छ । साउण्ड नमिलेपछि एलिना र प्राविधिकबीच भनाभन भएको हो । सामाजिक संजालमा भाइरल भइरहेको भिडियो पर्वतको हो । पर्वतमा जारी ‘तेस्रो ऐतिहासिक मगर राष्ट्रिय महोत्सव’मा गीत गाउन पुगेकी एलिना र साउण्ड प्राविधिकबीच भनाभन भएको हो ।

यसपछि, एलिनाको प्रस्तुति सकिएको कार्यक्रम संचालकले जानकारी गराएका थिए । सार्वजनिक भिडियोमा दर्शकहरुले होहल्ला गरेको पनि देख्न सकिन्छ ।

एलिनाले साउण्ड मिलाइदिन आग्रह गर्दा प्राविधिकले ‘भोकललाई क्लिएर गरेर हामीसँग लेबल माग्नु’ भनेका छन् । यसपछि, एलिनाले जवाफ फकाउँदै भनेकी छिन्–‘पहिला तपाइको त्यो बोल्ने ढंग सुधार गर्नु है  बुझ्नुभयो ? आफ्नो गल्ती छ, यहाँ आएर एकचोटी उफ्रेर हेर्नु त । तपाइले मलाई सिकाउनु पर्दैन । बुझ्नु भयो । नाच्न जान्दैन आँगन टेडो भनेको यही हो क्या । मिलाउन आउँदैन । लाज लाग्दैन यस्ता बोल्नलाई ।’

एलिनासँग भनाभन गर्दा प्राविधिकले भनेका छन्–‘तपाइले भन्दा हामीले धेरै काम गरिसकेका छौं ।’ एलिनाले प्राविधिकबाट रुख बोली आएपछि आयोजकसँग पनि चर्को स्वर गरेकी छिन् । दर्शकले भने एलिनाकै पक्षमा हुटिङ गरिरहेको देख्न सकिन्छ ।

भनाभन भएपछि भने एलिना त्यहाँबाट हिँडेकी थिइन् । एलिना र प्राविधिकबीच भनाभन भएपछि गाउने वातावरण नबनेको प्रष्ट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू