नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै

नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै : Icon Khabar

काठमाडौँ, फागुन २२ । नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ ।

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् ।

आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विभागीय मन्त्रीकारुपमा सपथग्रहण गरेका छन् ।

Published Date: 05 March 2024


ताजा
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
आज सोमबारको राशिफल
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै