फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन २० । चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा कमेडी संवादहरू उत्कृष्ट छन् ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

यो फिल्मको ट्रेलरले विशेषगरि, कालो धन लुकाउनका लागि बेरोजगार युवाहरूलाई नेताहरूले कसरी प्रयोग गर्छन् भन्ने कथालाई कमेडीको माध्यमबाट उठाएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, सुमन कार्की, प्रवीण खतिवडा, रजनी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

Published Date: 03 March 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास