फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक

फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौँ, फागुन २० । चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा कमेडी संवादहरू उत्कृष्ट छन् ।

रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ ।

यो फिल्मको ट्रेलरले विशेषगरि, कालो धन लुकाउनका लागि बेरोजगार युवाहरूलाई नेताहरूले कसरी प्रयोग गर्छन् भन्ने कथालाई कमेडीको माध्यमबाट उठाएको छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, सुमन कार्की, प्रवीण खतिवडा, रजनी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको यो फिल्ममा मित्र डी गुरुङको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 March 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ