नेदरल्यान्ड्सको लगातार दोस्रो जित

नेदरल्यान्ड्सको लगातार दोस्रो जित : Icon Khabar

काठमाडौँ, फागुन १७ ।  युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ । नामिबियाको २ अंक र नेपाल अंकविहिन छ ।

जितको लागि २ सय ४८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने क्रममा नामिबियाले ७ विकेट गुमाएर १ सय ८८ रन मात्र जोड्न सक्यो । जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोडेको थियो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन बनाए । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

यस्तै टि२०आई क्रिकेटमा नेदरल्यान्ड्सले आफ्नो सर्वाधिक स्कोर पनि कायम गर्यो । यसअघि सन् २०२१ मा नेपालविरुद्ध नै २ सय ९ रन बनाएको थियो । प्रतियोगिता अन्तर्गत शुक्रबार नेपाल र नामिबिया खेल्नेछन् ।

Published Date: 29 February 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली