नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य

नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन १७ । युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

यस्तै टि२०आई क्रिकेटमा नेदरल्यान्ड्सले आफ्नो सर्वाधिक स्कोर पनि कायम गर्यो । यसअघि सन् २०२१ मा नेपालविरुद्ध नै २ सय ९ रन बनाएको थियो ।

Published Date: 29 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास