नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य

नेदरल्याण्डसको कीर्तिमानी ब्याटिङ, नामिबियालाई २४८ रनको लक्ष्य : Icon Khabar

काठमाडौँ, फागुन १७ । युवा ओपनर माइकल लेभिटको शतकमा नेदरल्यान्ड्सले त्रिकोणात्मक टि२० सिरिजको तेस्रो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी योगफल खडा गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्यो । लेभिटले ६२ बलमा ११ चौका र १० छक्कासहित १ सय ३५ रन जोड्यो । त्यस्तै साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोडे ।

टियु क्रिकेट मैदानमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो । यसअघि सन् २०२१ मा नेपालले नै नेदरल्यान्ड्सविरुद्ध २ सय ३८ रन बनाएको थियो ।

यस्तै टि२०आई क्रिकेटमा नेदरल्यान्ड्सले आफ्नो सर्वाधिक स्कोर पनि कायम गर्यो । यसअघि सन् २०२१ मा नेपालविरुद्ध नै २ सय ९ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 February 2024
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू