संसद भवन परिसरबाट पक्राउ ४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो

संसद भवन परिसरबाट पक्राउ ४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो : Icon Khabar

काठमाडौँ, फागुन १७ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर छिरेपछि पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो । केही समययतादेखि लघुवित्त पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

लघुवित्तका ऋणीहरुसँग सरकारले तेस्रो पटकसम्म वार्ता गरे पनि निष्कर्ष निस्कन सकेको छैन । सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 February 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ