संसद भवन परिसरबाट पक्राउ ४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो

संसद भवन परिसरबाट पक्राउ ४९ जना लघुवित्त ऋणीलाई हाजिरी जमानीमा छाडियो : Icon Khabar

काठमाडौँ, फागुन १७ । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसर छिरेपछि पक्राउ परेका लघुवित्त ऋणीहरूलाई प्रहरीले छाडेको छ । मंगलबार पक्राउ परेका ४९ जनालाई हाजिरी जमानीमा छाडेको हो ।

तीन दिनअघि संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको दाबी गर्ने समूह प्रहरीलाई ठेल्दै भवनभित्रै प्रवेश गर्न खोजेको थियो । केही समययतादेखि लघुवित्त पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् । लघुवित्त पीडित संघर्षका नाममा उनीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् ।

लघुवित्तका ऋणीहरुसँग सरकारले तेस्रो पटकसम्म वार्ता गरे पनि निष्कर्ष निस्कन सकेको छैन । सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवन सुरक्षार्थ खटाइएको प्रहरी युनिट परिवर्तन गरिएको थियो ।

Published Date: 29 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास