नेप्से परिसूचकमा ०.८७ अङ्कको गिरावट

नेप्से परिसूचकमा ०.८७ अङ्कको गिरावट : Icon Khabar

काठमाडौं, फागुन १६ । बुधबार नेप्से परिसूचक ०.८७ अंक घटेर २०००.७७ विन्दुमा झरेको छ। त्यसैगरी,  सेन्सेटिभ इण्डेक्स ०.६३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५१ अंक घटेको छ।

बुधबार  नेप्से घटेपनि  कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ८६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४१ हजार ६७९ पटकको कारोबारमा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ बराबरको ५१ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने बोटलर्स नेपाल (तराई) को कारोबार रकम ७ करोड नाघेको छ।

बुधबार  १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशत घटेको छ। त्यस्तै,  उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.९६ प्रतिशत र लगानी उपसमूहको परिसूचक १.०५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.११ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts