न्यूजील्याण्ड विश्वको पहिलो धूम्रपान निषेधित राष्ट्र हुँदै

न्यूजील्याण्ड विश्वको पहिलो धूम्रपान निषेधित राष्ट्र हुँदै : Icon Khabar

वेलिङ्टन, फागुन १६ । न्यूजील्याण्डले विश्वको पहिलो धूम्रपान निषेधित राष्ट्र रूपमा आफूलाई उभ्याउने कसरतमा लागेको छ ।

भविष्यका पुस्ताका लागि सूर्तीजन्य पदार्थको बिक्रीमा प्रतिवन्ध लगाउने विश्वको पहिलो देश बन्ने तयारीमा रहेको न्यूजील्याण्डले पुराना कानुनहरू खारेज गरी नयाँ कानुन निर्माण गरी नियमहरू लागू गर्ने भएको छ ।

अनुसन्धानकर्ता र अभियानकर्ताहरूले परिणामस्वरूप मानिसलाइ मर्ने खतरा कम गर्नका लागि ध्रूमपान निषेधित राष्ट्र बनाउन लागेको हो ।

आगामी जुलाइ्बाटै लागू हुने गरी संसारको सबैभन्दा कडा सूर्ति विरोधी नियमहरूको तयारी गरेको छ, जसअनुसार जनवरी १, २००९ पछि जन्मेकाहरूलाई अब सूर्तिजन्य पदार्थ बिक्रीमा पूर्ण प्रतिवन्ध लगाउने, धूम्रपान र सूर्तिजन्य उत्पादनहरूमा निकोटिनको मात्रा घटाउने र ९० प्रतिशत भन्दा बढी सूर्ती विक्रेताहरूको संख्या घटाउने निर्णय कार्वन्वयन गरिँदैछ ।

गत अक्टोबरमा निर्वाचित नयाँ गठबन्धन सरकारले पुराना कानुन खारेजी तथा नयाँ नियम तत्काल लागू गराउने निर्णय लिएको हो, यसले सार्वजनिक टिप्पणी र आलोचनालाइ वेवास्ता गर्दै पुराना कानूनलाई खारेज गर्न सक्षम भएको जनाउँदैँ पहिले घोषणा गरिएका योजनाहरू अनुरूप लागु गर्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्य मन्त्री केसी कोस्टेलोका अनुसार गठबन्धन सरकार धूम्रपान र सूर्तिजन्य पदार्थ प्रयोग र बिक्री कम गर्न प्रतिबद्ध रहेको जनाउँदै तर लागिसकेको बानी निरुत्साहित गर्न र यसले निम्त्याउने हानी कम गर्न फरक नियामक दृष्टिकोण अपनाइने बारेमा छलफल गरिरहेको छ ।

‘म चाँडै नै क्याबिनेटमा मानिसहरूलाई धूम्रपान छोड्न मद्दत गर्नका लागि उपलब्ध उपकरणहरू बढाउनका लागि उपायहरूको प्याकेजको घोषणा गर्नेछु, ’ कोस्टेलोले सञ्चारकर्मीलाई भने– ‘नव युवाहरूलाई यसको लतबाट पूर्ण रूपमा रोक्न भ्यापिङसम्बन्धी नियमहरू पनि कडा बनाइने छु ।’

न्यूजील्याण्डमा स्वास्थ्य नतिजाहरूमा यसको सम्भावित प्रभावको बारेमा कडा आलोचना गरिएको यो निर्णयले माओरी र पासिफिकका जनसंख्या, उच्च धुम्रपान दर भएका समूहहरूमा ठूलो प्रभाव पार्न सक्ने डरले पनि आलोचना गरिरहेका छन् ।

उता, ओटागो युनिभर्सिटीका अनुसन्धानकर्ता जेनेट होकले भने – ‘ठूलो स्तरको क्लिनिकल परीक्षणहरू र मोडलिङ अध्ययनहरूले यो कानूनले धूमपान गर्नेहरूको बीचमा द्रुत रूपमा छाड्ने दरहरू बढाउने र युवाहरूलाई धुम्रपान गर्न धेरै गाह्रो बनाएको देखाउँछ ।’ प्राध्यापक होक धूम्रपान कम गर्ने तरिकाहरू अध्ययन गर्ने समूहका सह निर्देशक हुन् ।आज काठमाडौंको विभिन्न स्थानmaa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts