नेदरल्यान्डसँग नेपाल २ रनले पराजित

नेदरल्यान्डसँग नेपाल २ रनले पराजित : Icon Khabar

काठमाडौं, फागुन १६ । घरेलु टोली नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा लगातार दोस्रो हार व्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल नेदरल्यान्डसँग २ रनले पराजित भएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्डले दिएको १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८२ रन मात्रै जोड्न सक्यो । नेपाललाई अन्तिम ओभरको ४ बलमा ५ रन चाहिएको थियो, क्रिजमा थिए दीपेन्द्रसिंह ऐरी र करण केसी । तर, १९औं ओभरको तेस्रो बलमा करण रनआउट हुन पुगे । उनी ११ रनमा पवेलियन फर्किए । त्यसपछि अर्को बलमा भ्यान्डर मेर्वेले दीपेन्द्रलाई बोल्डआउट गरिदिए ।

त्यसपछि खेल नेदरल्यान्डको हातमा पुग्यो । सानदार ब्याटिङ गरिरहेका दीपेन्द्रले ६३ रन जोडे । ऐरीले २८ बलमा अर्धशतक पूरा गरेका थिए । ३४ बल खलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १८४ रन जोडेको थियाे । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतकीय इनिङ खेले । ३६ बल खलेका उनले छ चौका र ३ छक्काको मदतमा ५४ रन प्रहार गरे ।

त्यस्तै स्याब्रान्ड एंगेलब्रेक्टले ३८ बल खेल्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन बनाए । स्कट एडवार्डसले १६ बल खेल्दै पाँच चौकाको मद्दतमा ३३ रन जोडे । तेजा निडामानिरुले ३१ रन जोड्दा म्याक्स ओडाउडले चार रन बनाए ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले एक-एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न