सुनको भाउमा सामान्य गिरावट

सुनको भाउमा सामान्य गिरावट : Icon Khabar

काठमाडौं, फागुन १६ । बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने लगातार तेस्रो दिन सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । पछिल्लो तीन दिनयता चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आइतबारदेखि चाँदी प्रतितोला २५ रुपैयाँले घटिसकेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ