सुनको भाउमा सामान्य गिरावट

सुनको भाउमा सामान्य गिरावट : Icon Khabar

काठमाडौं, फागुन १६ । बुधबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । आज सुन तोलामा १०० रुपैयाँले घटेको हो । चाँदीको भाउ भने लगातार तेस्रो दिन सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार २०० रुपैयाँमा झरेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । पछिल्लो तीन दिनयता चाँदीको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आइतबारदेखि चाँदी प्रतितोला २५ रुपैयाँले घटिसकेको छ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 28 February 2024


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर