भारतका विदेशमन्त्रीसँग परराष्ट्र सचिव लम्सालको शिष्टाचार भेट

भारतका विदेशमन्त्रीसँग परराष्ट्र सचिव लम्सालको शिष्टाचार भेट : Icon Khabar

काठमाडौं, फागुन १६ । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका विदेश मामिलामन्त्री डा सुव्रमण्यम जयशंकरसँग शिष्टाचार भेट गरेकी छन्।

त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ।

परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छन्। परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले जानकारी दिइन्।

Published Date: 28 February 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली