नेदरल्यान्डविरुद्ध नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्दै

नेदरल्यान्डविरुद्ध नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्दै : Icon Khabar

काठमाडौं, फागुन १६ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ।

ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन्। अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन्। नामिबियासँग ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका अभिनाशलाई बाहिर राखेको छ ।

अभिनाशलाई बाहिर राख्दा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ। प्रतिशले आज डेथ ओभरमा बलिङ गर्नुपर्ने हुन्छ । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता समेत राख्छन् । ललित भने नेपालका प्रमुख स्पिनर हुन् । स्पिन बलिङ आक्रामण मजबुत बनाउन विवेकलाई बाहिर राखेर ललितलाई खेलाएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई जित्नै पर्ने दबाब छ ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, प्रतिश जिसी, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी ।

Published Date: 28 February 2024


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु