नेदरल्यान्डविरुद्ध नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्दै

नेदरल्यान्डविरुद्ध नेपालले टस जित्याे, पहिले फिल्डिङ गर्दै : Icon Khabar

काठमाडौं, फागुन १६ । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ।

ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन्। अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन्। नामिबियासँग ४ ओभरमा ४९ रन खर्चेर १ विकेट लिएका अभिनाशलाई बाहिर राखेको छ ।

अभिनाशलाई बाहिर राख्दा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीलाई मौका दिएको छ। प्रतिशले आज डेथ ओभरमा बलिङ गर्नुपर्ने हुन्छ । तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता समेत राख्छन् । ललित भने नेपालका प्रमुख स्पिनर हुन् । स्पिन बलिङ आक्रामण मजबुत बनाउन विवेकलाई बाहिर राखेर ललितलाई खेलाएको छ । पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको नेपाललाई जित्नै पर्ने दबाब छ ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, सन्दीप जोरा, कुशल भुर्तेल, कुशल मल्ल, प्रतिश जिसी, दीपेन्द्र सिंह ऐरी, करण केसी, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2024
Website | + posts




ताजा
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने
चिसो अझै बढ्ने, भारी हिमपातको जोखिम


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने