आजदेखि नेपालभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’

आजदेखि नेपालभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’ : Icon Khabar

काठमाडौं, फागुन ११ । आज फागुन ११ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’ प्रदर्शनमा आएको छ । यो फिल्म देशका १ सय २० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुनेछ ।

मिलन चाम्सद्वारा निर्देशित ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ ले पछिल्लो साता देशका तीन स्थानमा गरिएको प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । यो फिल्मका दुई वटा ट्रेलरले पनि दर्शकबाट सुखन प्रतिक्रिया पाएका छन् ।

यो फिल्मको पहिलो प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्डमा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो ।

बेलायतपछि निर्देशक चाम्सले यो फिल्मलाई नेपालका तीन शहरमा प्रीमियर गरे । गत फागुन ५ गते धरान, फागुन ७ गते पोखरा तथा गत बुधबार काठमाडौंको बिग मुभिजमा यो फिल्म प्रीमियर गरिएको थियो ।

प्रीमियर शोमा फिल्मका निर्देशक मिलन चाम्सले भने – ‘मैले गोर्खाली सेना र गोर्खा वारियरबारे यसअघि धेरैपटक बोलेँ । अब यो फिल्म हेरेर बोल्ने पालो दर्शकको भएको पनि अवगत गराउँदछु ।’ वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर तयार गरिएको यो फिल्ममार्फत प्रीमियरमा पाएको प्रतिक्रियाले आफू झनै उत्साहित भएको पनि निर्देशक चाम्सले बताए ।

नेपाली, अंग्रेजी, कोरियन र हिन्दी भाषामा निर्माण गरिएको यो फिल्ममार्फत अभिनेता रितेश चाम्सले डेब्यू गरेका छन् । फिल्ममा क्याप्टेन विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।

लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् भने कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रूपमा सुरेश राई छन् ।

यो फिल्मको गीत शैलेन्द्र खनाल ‘शरद’ ले लेखेका हुन भने एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन रहेको छ । फिल्मलाई राजेन्द्र मोक्तानको रंग संयोजन गरेका छन् । यो फिल्ममा हिमाल केसीको द्वन्द निर्देशन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी छ ।

Published Date: 23 February 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता