ईप्सन कप सम्पन्न; मदरल्याण्ड र यूनिटी प्रथम

ईप्सन कप सम्पन्न; मदरल्याण्ड र यूनिटी प्रथम : Icon Khabar

भक्तपुर, फागुन १० । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ र १० गते सम्पन्न भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ ! यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ ।

आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने माध्यमिक तहमा ईडेन गार्डेन स्कुल द्धितीय भएको छ । माध्यमिक तहको तेश्रो स्थान मदरल्यण्ड स्कुल र सान्त्वना सेन्ट जोन स्कुल भएको थियो । यसैगरी आधारभूत तह तर्फ तेश्रो स्थान ईडेन गार्डेन र सान्त्वना यूनिटी स्कुल भएका थिए ।

प्रतियोगिताको समापन एवं पुरस्कार वितरणमा ईप्सनका अध्यक्ष जिबी खड्कोको सभापतित्व र प्रमुख अतिथि नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिहंको उपस्थितिमा शिल्ड र मेडल वितरण गरिएको थियो । प्रमुख अतिथि पूर्व कप्तान सिहंले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई यसरी खेलको लागि अवसर दिएकोमा धन्यवाद दिएका थिए।

साथै आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामागं उत्कृष्ट खेलाडि, मदरल्याण्ड कै जयराम बिक सर्वाधिक गोलकर्ता भएका थिए भने उत्कृष्ट गोलकिपर सूर्योदयका उज्ज्वल ज्याख्व भएका थिए । यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडि ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन स्कुलका स्वीकार श्रेष्ठ भएको जानकारी ईप्सन सचिव विजय कर्माचार्यले दिएका थिए।

Published Date: 22 February 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता