दीपेन्द्र लिग-२ को पहिलो खेलमा नहुने

दीपेन्द्र लिग-२ को पहिलो खेलमा नहुने : Icon Khabar

काठमाडौँ, फागुन २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत विहीबार हुने नामिबियाविरुद्धको पहिलो खेलमा नहुने भएका छन् ।

दीपेन्द्र सम्मिलित गल्फ जायन्टसले बुधबार साँझ आइएलटि२०को क्वालिफायरमा प्रतिस्पर्धा गर्दैछ । उनी उक्त खेलमा उपस्थित रहने भएकाले बिहीबार हुने नेपालको खेलमा उपस्थित नहुने भएका हुन् । उक्त खेलको नतिजा हेरेर दीपेन्द्रको अन्य खेलमा सहभागिता बारे निर्णय हुनेछ ।

दीपेन्द्रले आइएलटि२० मा विश्वस्तरीय खेलाडीविरुद्ध खेल्ने अवसर पाउनेछन् । त्यसैले पनि नेपालमा क्यानडा सिरिज र लिग-२ का केही खेल गुम्ने थाहा हुँदाहुँदै उनलाई उक्त लिगमा खेल्न प्रशिक्षक टोलीबाट स्वीकृति दिइएको थियो ।

यसबाहेक दीपेन्द्रको व्यावसायिक करिअरको लागि पनि यसले सहयोग पुग्ने विश्वास रहेको छ । दीपेन्द्रले यो लिगमा राम्रो गरेको अवस्थामा अन्य फ्रेन्चाइज लिगमा खेल्ने बाटो खुल्ने र त्यसले विश्वकपअघि उनको क्षमतामा सहयोग पुग्ने टोलीको विश्वास छ ।

नेपालले यसै जुनमा अमेरिका र वेस्ट इन्डिजमा टि२० विश्वकप खेल्दैछ । त्यसका लागि लिग-२ लगत्तै नेपालले लगातार तयारी सिरिजहरु पनि खेल्दैछ । दीपेन्द्रलाई उच्च स्तरीय खेलमा प्रतिस्पर्धा गर्ने अवसर आएकै कारण ओडीआई छोडेर यूएई जान स्वीकृति दिइएको थियो ।

दीपेन्द्रको अनुपस्थितिमा नेपालले देव खनाललाई मध्यक्रममा प्रयोग गर्ने सम्भावना रहेको छ । पवन सर्राफ अलराउन्डरको भूमिकामा रहेपनि क्यानडा सिरिजमा उनको प्रदर्शन औसत थियो । त्यसैले प्रशिक्षक मोन्टी देशाइले देवलाई मध्यक्रममा थपेर रोहित पौडेल र कुशल मल्लबाट पार्ट टाइम बलिङको ओभर निकाल्ने देखिन्छ ।

नेपाली समय अनुसार आज रातको ८:१५ बजे दीपेन्द्र सम्मिलित जायन्टसले एमआई इमिरेट्सको सामना गर्दैछ । आजको खेल जिते टोली सिधै फाइनल पुग्नेछ । आज हारेको अवस्थामा भने भोली दोस्रो क्वालिफायरमा टोलीले फाइनल पुग्न दोस्रो प्रयास गर्नेछ । फाइनल शनिबार हुनेछ ।

नेपालले लिग २ मा बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्सको सामना गर्दैछ ।

Published Date: 14 February 2024


ताजा
आज आइतबारको राशिफल
भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्यायो घुम्ती शौचालय, नगरवासी र पर्यटकलाई सहज
७ हजारमा एलपी ग्यास बिक्री गरेको आरोपमा भक्तपुरका तुलसीराम त्वयना पक्राउ
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु