भक्तपुरको मुहानेपोखरीमा बोलाई “डलर देखाई ठगी गर्ने मानिस पक्राउ”

भक्तपुरको मुहानेपोखरीमा बोलाई “डलर देखाई ठगी गर्ने मानिस पक्राउ” : Icon Khabar

भक्तपुर, माघ २९ । तेह्रथुम म्याङ्लुङ नगरपालिका वडा नं. ९ घर भई हाल काठमाण्डौ टेकु बस्ने वर्ष ३२ को गिरीराज लिम्बुलाई कार्तिक १२ गते फोन सम्पर्क गरी रु.४०,००० (चालीस हजार) डलर छ साट्नको लागी हामीलाई रु.९,००,००० (नौ लाख) लगानी गर्नु उक्त डलर साटेपछि बराबर भाग लगाउँला भनी प्रलोभनमा पारी कार्तिक २३ गते भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ मुहानेपोखरीमा बोलाई रुमालको पोको दिई रु. ९,००,००० (नौ लाख) लगि गएकोमा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएकोमा डलर देखाई ठगी गर्ने कार्यमा संलग्नलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३६ को अमृत कुमार लामालाई मंसिर २१ गते सिन्धुपाल्चोक बाह्रबिसेबाट पक्राऊ गरी ठगी मुद्दामा म्याद थप भएकोमा मिति २०८०/०९/१७ गते सम्मानित भक्तपुर जिल्ला अदालतबाट रु.५,००,००० (पाँच लाख) धरौटी खुली धरौटी तिर्न नसकी नख्खु कारागार काठमाण्डौ चलान भएको र सोही मुद्दामा फरार रहेको सिन्धुपालचोक बाह्रबिसे नगरपालिका वडा नं. ४ घर भई हाल बुढानिलकण्ठ नगापालिका वडा नं. ५ टुसाल बस्ने वर्ष २६ को दिल कुमार लामालाई माघ २८ गते सात बजेकोको समयमा काठमाडौ बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ बिष्णुमति, टुसालबाट पक्राऊ गरिएको प्रहरीले जनाएको छ । निजलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखी थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।

Published Date: 12 February 2024






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता