सोमबार नेप्से परिसूचक १५.३३ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक १५.३३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २९ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १५.३३ अंक बढेर २१०१.१६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३१४ स्टकको ७५ हजार १०५ पटकको कारोबारमा ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरकोा १ करोड १ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफि हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी,  जोशी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाईमूल्य आज सर्वाधिक ८.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।  सो कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने एनआईसी एशियाको कारोबार रकम साढे १३ करोड नाघेको छ।

Published Date: 12 February 2024


















ताजा
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
पक्राउ पुर्जी जारी भएकालाई ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर
हाल देशमा पश्चिमी वायुको प्रभाव: बुधबार र बिहीबार वर्षा तथा हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक