अनिलको लगातार अर्धशतक

अनिलको लगातार अर्धशतक : Icon Khabar

काठमाडौँ, माघ २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल शाहले क्यानडाविरुद्ध लगातार अर्धशतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध सोमबार जारी तेस्रो ओडीआई खेलमा अनिलले आक्रामक सुरुवात गर्दै अर्धशतक पूरा गरे । उनले ५१ बलमा अर्धशतक पूरा गरेका हुन् । यसक्रममा उनले ८ चौका प्रहार गरे ।

नेपालले १५ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेको छ । क्रिजमा भीम सार्की १३ रन जोडेर खेलिरहेका छन् । नेपालले २ सय ३३ रनको लक्ष्य पछ्याइरहेको छ ।

अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए ।

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि उनले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए ।

त्यसअघि क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

Published Date: 12 February 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास