अनिलको लगातार अर्धशतक

अनिलको लगातार अर्धशतक : Icon Khabar

काठमाडौँ, माघ २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर अनिल शाहले क्यानडाविरुद्ध लगातार अर्धशतक प्रहार गरेका छन् ।

क्यानडाविरुद्ध सोमबार जारी तेस्रो ओडीआई खेलमा अनिलले आक्रामक सुरुवात गर्दै अर्धशतक पूरा गरे । उनले ५१ बलमा अर्धशतक पूरा गरेका हुन् । यसक्रममा उनले ८ चौका प्रहार गरे ।

नेपालले १५ ओभरमा १ विकेट गुमाएर ८३ रन जोडेको छ । क्रिजमा भीम सार्की १३ रन जोडेर खेलिरहेका छन् । नेपालले २ सय ३३ रनको लक्ष्य पछ्याइरहेको छ ।

अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए ।

पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि उनले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए ।

त्यसअघि क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने