यू–१९ विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

यू–१९ विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई : Icon Khabar

काठमाडौँ, माघ २८ । अस्ट्रेलियाले यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ। आइतबार सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछाएको भारतले ४३.५ ओभरमा अलआउट हुदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो।

यसअघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो। योसँगै अस्ट्रेलियाले चौथो पटक यू-१९ क्रिकेट विश्वकपको उपाधि जितेको छ।

यसअघि अस्ट्रेलियाले २०१० मा यू-१९ विश्वकप जितेको थियो। पछिल्ल्लो पटक अस्ट्रेलिया २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो।

Published Date: 11 February 2024


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली