जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा परशुराम पाण्डे

जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा परशुराम पाण्डे : Icon Khabar

भक्तपुर, माघ २८  जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा परशुराम पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । समितिको जीतपुर गणेश मन्दिरमा भएको साधारण सभाबाट पाण्डे सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै समितिका उपाध्यक्षमा उमेश कुमार खड्का, सचिवमा राम बहादुर खत्री, कोषाध्यक्षमा राम भक्त बानियाँ सदस्यहरूमा रवीन्द्र भण्डारी, कृष्ण प्यारी थापा कार्की, रोशन तिभिल्सिना, गंगा प्रसाद घोरासाइने , जयराम लामा, ईश्वरी गुरुङ्ग र मदन गिरी सर्वसम्मत निर्वाचित भएका छन् ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले एक घर एक धारा अवधारण अनुसार अभियान सम्पन्न नभएसम्म आफू खटेर लाग्ने बताएका थिए । उनले खानेपानी सँगै प्रदूषित पानीको समस्या रहेको बताउँदै प्रदूषित पानीलाई व्यवस्थापनका लागि सबै मिलेर के गर्न सकिन्छ भनी हेर्नु पर्ने बताए ।

यस्तै कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष जनक खत्रीले सुडालको ठुलो खानेपानी वितरण गर्ने उपभोक्ता समितिका रूपमा रहेको जीतपुरको समितिमा आगामी दिनमा भई पर्ने समस्या समाधानका लागि आफू लागी पर्ने बताए । उनले नयाँ बस्ती विकास सँगै पानीको माग पनि बढ्दो रहेको बताउँदै यसको समाधानका लागि सुडाल भरनै आफू लागि पर्ने बताए ।

यस्तै कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि राजेश खड्का, नेपाली काँग्रेसका सुडाल वडा समितिका सभापति तीर्थराज घोरासाइनी, नेकपा माओवादीका मदन श्रेष्ठ, नेमकिपाका प्रतिनिधि सन्तराम दुलाल र राप्रपाका प्रतिनिधि लक्ष्मण थापाले खानेपानी समस्या समाधानका लागि आफ्नो पार्टी तथा आफूहरू जस्तो सुकै सहयोग गर्न तयार भएको बताएका थिए ।

कार्यक्रममा खानेपानी तथा सरसफाइ समितिको वार्षिक प्रगति प्रतिवेदन संस्थाका अध्यक्ष प्रेम कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन राम भक्त बानियाँले प्रस्तुत गरेका थिए यस्तै स्वागत मन्तव्य कृष्ण प्यारी थापा कार्कीले प्रस्तुत गरेका थिए ।

जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत हाल ६३६ घरधुरीले खानेपानी प्राप्त गरी रहेका छन् । २०३५ साल देखि खानेपानी सहज रूपमा उपलब्ध गराउन प्रयासरत यस समितिले आगामी दिनमा १५ सय भन्दा बढी उपभोक्तालाई खानेपानी कसरी वितरण गर्न सकिन्छ भनी अध्ययन गरी रहेको छ ।

साधारणसभा कार्यक्रममा खानेपानी समितिमा २०३५ साल देखि २०७८ सम्म योगदान दिनुहुने लोक बहादुर पण्डित क्षेत्रीलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।

Published Date: 11 February 2024








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा