भारत र अष्ट्रेलिया यू१९ विश्वकप फाइनल खेल्दै

भारत र अष्ट्रेलिया यू१९ विश्वकप फाइनल खेल्दै : Icon Khabar

काठमाडौँ, माघ २८ । आइसीसी यू१९ विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनलमा साविक विजेता भारत र अष्ट्रेलिया भिड्दैछन् ।

भारतले सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै अष्ट्रेलियाले रोमान्चक खेलमा पाकिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । दुवै सेमिफाइनल खेलिएको बेनोनी मैदानमा नै फाइनल खेल हुनेछ ।

भारत र अष्ट्रेलिया दुवैले प्रतियोगितामा हार बेहोरेका छैनन् । आ-आफ्नो समूह र सुपर सिक्सको समूहमा पनि शीर्ष स्थान हासिल गर्दै दुवै फाइनलको यात्रा तय गर्न सफल भएका हुन् । भारतले सुपर सिक्सको खेलमा नेपाललाई पनि १ सय ३२ रनले हराएको थियो । त्यसबाहेक न्युजिल्यान्ड, अमेरिका र आयरल्यान्डलाई भारतले २ सय रन भन्दा बढी अन्तरले हराएको छ ।

अष्ट्रेलिया र भारतले यसअघि दुई पटक यू१९ विश्वकप फाइनलमा एक अर्कासँग खेलेका छन् । सन् २०१२ र २०१८ को दुवै संस्करणमा भारतले नै उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 February 2024
Website | + posts




ताजा
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
मन्त्रिपरिषद्को बिहीबारको बैठकले गरेका निर्णय सार्वजनिक
बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय दिन माग
कार्तिक महिनाका लागि वाणिज्य बैंकहरूको घटाए थप ब्याजदर


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित