भारत र अष्ट्रेलिया यू१९ विश्वकप फाइनल खेल्दै

भारत र अष्ट्रेलिया यू१९ विश्वकप फाइनल खेल्दै : Icon Khabar

काठमाडौँ, माघ २८ । आइसीसी यू१९ विश्वकपको उपाधिका लागि आइतबार हुने फाइनलमा साविक विजेता भारत र अष्ट्रेलिया भिड्दैछन् ।

भारतले सेमिफाइनलमा घरेलु टोली दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै अष्ट्रेलियाले रोमान्चक खेलमा पाकिस्तानमाथि १ विकेटको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । दुवै सेमिफाइनल खेलिएको बेनोनी मैदानमा नै फाइनल खेल हुनेछ ।

भारत र अष्ट्रेलिया दुवैले प्रतियोगितामा हार बेहोरेका छैनन् । आ-आफ्नो समूह र सुपर सिक्सको समूहमा पनि शीर्ष स्थान हासिल गर्दै दुवै फाइनलको यात्रा तय गर्न सफल भएका हुन् । भारतले सुपर सिक्सको खेलमा नेपाललाई पनि १ सय ३२ रनले हराएको थियो । त्यसबाहेक न्युजिल्यान्ड, अमेरिका र आयरल्यान्डलाई भारतले २ सय रन भन्दा बढी अन्तरले हराएको छ ।

अष्ट्रेलिया र भारतले यसअघि दुई पटक यू१९ विश्वकप फाइनलमा एक अर्कासँग खेलेका छन् । सन् २०१२ र २०१८ को दुवै संस्करणमा भारतले नै उपाधि जितेको थियो ।

Published Date: 11 February 2024


ताजा
आइतबार पनि सुनको मूल्य बढ्यो
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली