आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन अदालतकाे आदेश

आलमविरुद्धको मुद्दामा साक्षी झिकाउन अदालतकाे आदेश : Icon Khabar

काठमाडौँ, माघ २८ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा जिल्ला अदालत रौतहटले साक्षी बुझ्ने आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश मात्रिकाप्रसाद आचार्यको इजलासले सरकारी साक्षी तथा गवाह बुझ्न र गौरीशंकर रामको स्वास्थ्य परीक्षणको रिर्पोट झिकाउन आइतबार आदेश दिएको हो ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोपमा आलम थुनामा छन् । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा राजापुरमा बम विस्फोट भएको थियो । वास्तविकता बाहिरिने डरले आलमले बम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटाभट्टामा हालेर जलाएको आरोप छ ।

२०७६ कात्तिक १८ गते आलममाथि रौतहट जिल्ला अदालतमा ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर’मा मुद्दा दायर भएको थियो ।

मुद्दा दायर भएको १० दिनपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । अदालतको उक्त आदेशविरुद्ध आलमले उच्च अदालत वीरगञ्जमा पुनरवलोकन निवेदन दिएका थिए । २०७६ माघ २४ गते उच्च अदालतले जिल्लाको आदेश सदर गरेपछि आलम सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले गत २३ वैशाखमा धरौटीमा रिहा हुनुपर्ने माग अस्वीकार गरेको थियो । उक्त मुद्दामा आलमसहित ११ जना प्रतिवादी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 11 February 2024
Website | + posts




ताजा
जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा सवारी आवागमन एकतर्फी रुपले खुला गर्ने निर्णय
सगरमाथा क्षेत्रमा नाम्चे र जोरसल्ले बीचको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त
दुई दिनसम्म परेको अविरल वर्षाका कारण अहिलेसम्म ३९ जनाको मृत्यु
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने