नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, कारोबार रकम भने बढ्यो : Icon Khabar

काठमाडौँ, माघ २८ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आइतबार १०.५० अंकले घटेको सेयर बजार २०८५.८२ विन्दुमा पुगेर बन्द भएको हाे ।

आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४७२ रुपैयाँको कारोबार भएको छ । ९१ कम्पनीको सेयरमूल्य बढ्दा १४८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर छ ।

आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, आज  त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य ६.७१ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, आज युनिलिभर नेपाल र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 11 February 2024


ताजा
विदेशी मुद्राको विनिमय : डलर, युरो र पाउन्डको भाउ कति?
देशभर मनसुनी वायुको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु