जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ : गगन थापा

जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सार्वजनिक जग्गा हडप्नेलाई कारवाही गर्नुपर्छ : गगन थापा : Icon Khabar

काठमाडाैँ, माघ २४ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि कानुन विपरित काम गर्नेले सजाय पाउनुपर्ने बताएका छन् ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीलगायतलाई लक्षित गर्दै प्रतिनिधसभाका सांसद समेत रहेका थापाले सो कुरा बताएका हुन् । ‘राजनीतिक, आर्थिक रुपमा जतिसुकै शक्तिशाली व्यक्ति होस्, सार्वजनिक जग्गा हडप्नेले सजाय पाउनु पर्छ ।’ प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद थापाले भने,’चाहे जग्गा मिच्ने होस्, सहकारी ठग्ने होस् यताको होस् कि उताको होस् दोषीले सजाय पाउनै पर्छ ।’

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् । गत माघ १८ गते बिहीबार पक्राउ परेका उनीहरूलाई आज छाड्न काठमाडौं जिल्ला अदालतको आदेश छ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले लय समात्न नसकेको बताएका छन् । उनले सरकारले लय समात्न नसकेको र सरकार निकायप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना केही कमजोरी स्वीकारेर नयाँ संकल्प गरे पनि लय भने समात्न नसकेको उनको भनाइ छ । साथै सरकारी निकाय अड्डा अदालत, प्रहरी, प्रशासन, दल, वित्तीय संस्थाप्रति जनताको विश्वास गुम्दै गएको पाइएको भन्दै उनले जनतामाझ टुटेको भरोसालाई जागृत गराउन संसद सक्षम हुनुपर्ने बताए ।

Published Date: 07 February 2024
ताजा
मन्त्री चौलागाईंद्वारा तातोपानी–खासा नाका जोड्ने अरनिको राजमार्गका जीर्ण खण्डहरूको अवलोकन
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु
अष्ट्रेलियाको बेरोजगारी बढ्यो , बेरोजगारी दर बढेर ४.३ प्रतिशत
आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घट्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता