चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने

चितवन क्रिकेट रंगशालाका लागि बागमती प्रदेशले ७० प्रतिशत बजेट दिने : Icon Khabar

चितवन , माघ २३ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निमाण अघि बढाउन बागमती प्रदेश सरकारले चासो दिएको छ।

रंगशाला निमार्णका लागी प्रदेश सरकारले नै बजेट सुनिश्चितता गर्ने भएको छ। बागमती प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह लामा र स्वास्थ्य मन्त्री उत्तम जोशीले रंगशालाको स्थलगत निरिक्षण गरे पछि बजेट सुनिश्चितताकाे प्रकिया अघि बढेकाे हाे।

अवलोकन गरेपछि अर्थमन्त्री लामाले बजेट विनियोजनको प्रतिवद्धता जनाएका छन्। प्रदेश सरकारले ७० प्रतिशत बजेट हाल्ने बताएका छन्। अलपत्र परेको रंगशालाको निरिक्षण पछि उनले निमार्ण प्रकृया पुरा गर्न प्रदेश सरकार बजेटका लागी सकारात्मक रहेको बताएका छन्। भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई रंगशालामा बजेट पार्ने विश्वास दिलाएका छन्। ‘देशकै गौरवको आयोजना प्रदेशमा छ, यसलाई पुरा गर्नु सबैको दायित्व हो,’ लामाले भने, ‘रंगशाला निमार्णमा प्रदेश सरकारको चासो छ।

‘हामी बजेट सुनिश्चितता गरेरै अघि बढ्छौ, ढुक्क हुनुस्।’ मन्त्री जोशीले रंगशाला निमार्णको लागी अर्थमन्त्रीलाई आग्रह गरेका थिए। गृह जिल्लामा भएको परियोजनाका लागी आफुले प्रदेश सरकारमा पहल गरेको बताए। ‘रंगशाला निमार्णमा चासो मात्रै होइन सक्रियता पनि उत्तिकै छ, मुख्यमन्त्री नै यसमा सकारात्मक हुनुहुन्छ,’ मन्त्री जोशीले भने,‘यसपटक बजेटबाटै सम्बोधन हुने निश्चित नै छ।’ महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको भौतिक र आर्थिक अवस्थाबारे जानकारी गराएकी थिइन्।

उनले बजेटको ब्यवस्था भए अन्तराराष्ट्रिय क्रिकेट रंगशाला निमार्णले गति लिने बताइन्। ‘समग्र मुलुकको गौरवको आयोजना बजेट कै कारण रोकिएको हो। यसलाई पुरा गर्न प्रदेश सरकारसंग हामीले ठुलो आशा गरेका छौँ ,’ दाहालले भनिन्,‘मन्त्री ज्यूबाट सकारात्मक आश्वासन पाएका छौँ। आशा छ रंगशालामा प्रदेश सरकारले राम्रो निर्णय गर्नेछ।’

उपप्रमुख चित्रसेन अधिकारीले रंगशाला निमार्णमा पाएको आश्वासनले आशा जगाएको बताए। मन्त्री लामासंगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरुङ, बागमती प्रदेश सभा सदस्य गिता गुरुङ,माया श्रेष्ठ, भरतपुर महानगरपालिका १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा पनि रंगशाला पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts


ताजा
अरनिको राजमार्ग तत्काल खुलाउन मन्त्री घिसिङद्वारा सडक विभागलाई निर्देशन
अरनिको राजमार्गको समस्या दीर्घकालीन रूपमा समाधान गर्न माग
काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थाल्यो
सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन


ट्रेन्डिङ
भक्तपुर मोडर्नमा मतदान र खाद्य प्रदर्शनी सम्पन्न
राजु कर्माचार्यको आफ्नै शब्द, संगीत र स्वरमा सजिएको नयाँ गीत “आफ्नो मान्छे” सार्वजनिक
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
सुनको मूल्यले रेकर्ड बनाउने क्रम जारी, चाँदी भने सामान्य घट्यो