कर्मचारी सवार बोलेरो दुर्घटना : ११ घाइतेमध्ये एकको मृत्यु, चारको अवस्था गम्भिर

कर्मचारी सवार बोलेरो दुर्घटना : ११ घाइतेमध्ये एकको मृत्यु, चारको अवस्था गम्भिर : Icon Khabar

सर्लाही, माघ २३ । सर्लाही सदरमुकाम मलंगवा नजिकै नापी कार्यालय सर्लाहीका कर्मचारी सवार भारतीय बोलेरो गाडी सोमबार साँझ ट्रयाक्टरसँग ठोक्किँदा घाइतेमध्ये एक जनाको ज्यान गएको छ । दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख सञ्जय मानन्धरसहित ११ जना घाइते भएका थिए ।

दुर्घटनामा घाइते भएका सर्लाहीको बागमती नगरपालिका– ५ का करिब ४५ वर्षीय विनोद घिमिरेको उपचारको क्रममा गए राति ज्यान गएको हो । उनको वीरगञ्ज नजिक रहेको एनएस न्युरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । घिमिरे नापी कार्यालयका कर्मचारी हुन् कि होइनन्, प्रहरीले खुलाएको छैन । तर, बोलेरोमा सवार अधिकांश कर्मचारी भएका अनुमान प्रहरीको छ ।

सोमबार साँझ बीआर ०६ पिडी ९६४८ नम्बरको जीप (बोलेरो) मलंगवा–नवलपुर सडकखण्डमा पर्ने मलंगवा नगरपालिका–१० गम्हरियामा उखु बोकेको ज.१ त १०६७ नम्बरको ट्याक्टरसँग ठोक्किँदा दुर्घटनामा परेको हो । बोलेरो मलंगवाबाट नवलपुरतर्फ आउँदै गर्दा उखु बोकेको ट्याक्टरको पछाडि ठोक्किएको प्रहरीले जनाएको छ । ट्याक्टर उखु लिएर सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगतर्फ जाँदै थियो ।

दुर्घटनामा जीप चालक मलंगवा– ३ का रामलाल साह पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र पञ्जियार थारुले जानकारी दिएका छन् । दुर्घटनामा नापी कार्यालय सर्लाहीका प्रमुख मानन्धर, सञ्जित मण्डल, रामलाल साह, रिटेन यादव, वैधनाथ पटेल, रामबाबु राय, दीपेन्द्र यादव, सहिद अनवर, वैजु यादव, अजय यादव र वैधनाथ राउत घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

गम्भीर घाइतेलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज लगिएको थियो । एक जना घाइतेको भने मलंगवामै उपचार भइरहेको प्रहरीले जनाएको छ । मलंगवाबाट उपचारको लागि बाहिर पठाइएका धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अहिले एनएस अस्पताल बारामा पाँच जना, वीरगञ्जस्थित बयोधा अस्पतालमा २ जना र तिरुपति अस्पतालमा एक जनाको उपचार भइरहेको छ । एक जना घाइतेको भने कहाँ उपचार भइरहेको छ प्रहरीले आफूलाई जानकारी नभएको बताएको छ । दुर्घटनापछि प्रहरीले ट्याक्टर चालकलाई पक्राउ परेको छ । घटनाका सम्बन्धमा अप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 February 2024
Website | + posts
ताजा
आमायाङ्ग्री पदयात्रा: हिमालको दृश्यसँगै प्रकृतिको अनुपम सौन्दर्य (फोटो फिचर)
शिक्षण अस्पतालले आगामी माघ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने
बलिउड अभिनेत्री सन्नी लियोनले गरिन् नेपालको प्रशंसा
सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भुलाँचा चोक हटाउने तयारीको विरोधमा स्थानीय आन्दोलित
भक्तपुरमा अपेनको तेस्रो नगर अधिवेशन सम्पन्न, अध्यक्षमा किरण गोसाईं
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने निर्विरोध
भक्तपूर नगरव्यापी विद्यालयस्तरीय खेलकूद प्रतियोगितामा भक्तपूर मोडर्न स्कूलको उत्कृष्ट प्रदर्शन