यू-१९ टोली विश्वकप खेलेर फर्कियो

यू-१९ टोली विश्वकप खेलेर फर्कियो : Icon Khabar

काठमाडौँ, माघ २२ । नेपाली यू-१९ राष्ट्रिय पुरुष क्रिकेट टोली आइसीसी यू-१९ विश्वकपमा सहभागिता जनाएर स्वदेश फर्किएको छ ।

समूह चरण पार गरेर सुपर सिक्स खेलेको नेपाली टोली सोमबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्स यात्रा तय गरेको थियो । त्यसअघि न्युजिल्यान्ड र पाकिस्तानले नेपाललाई हराएका थिए ।

सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग हार बेहोरेको थियो । तर समग्र विश्वकपमा भने नेपाल ११ औं स्थानमा रह्यो । सुपर सिक्स नपुगेको अफगानिस्तान र जिम्बावेलाई नेपालले पछि पारेको हो ।

विश्वकपमा नेपाल सम्मिलित सुपर सिक्सको समूह १ बाट भारत र पाकिस्तान सेमिफाइनलमा पुग्दा अर्को समूहबाट अष्ट्रेलिया र दक्षिण अफ्रीका अघि बढेका छन् ।

सेमिफाइनलमा भारत र दक्षिण अफ्रीका तथा पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । फाइनल आइतबर हुनेछ ।

नेपाल यू-१९ टोलीका कप्तान देव खनाल र आकाश चन्दसँगै चोटका कारण विश्वकप जान नपाएका हेमन्त धामीले भने सिनियर टोलीबाट अवसर पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने