सोमबार पनि घट्यो सुनचाँदीको मूल्य

सोमबार पनि घट्यो सुनचाँदीको मूल्य : Icon Khabar

काठमाडौँ, माघ २२ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि ४ सयले घटेको हो ।

आज छापावाल सुन १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९ सय र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३ सय ५० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 February 2024
Website | + posts




ताजा
एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने
जेनजी आन्दोलनको क्रममा प्रहरी जवानको हत्या आरोपमा थप दुई जना पक्राउ
मंगलबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले सस्तियो
मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने