आइतबार नेप्से परिसूचक ५.३१ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २१ । आइतबार नेप्से परिसूचक ५.३१ अंक घटेर २०६१.७० विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको ७० हजार ७९० पटकको कारोबारमा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज एशियन लाइफ इन्स्योरेन्सले करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ भने निफ्राको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक आज सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 February 2024
Website | + posts