आइतबार नेप्से परिसूचक ५.३१ अंकले घट्यो

आइतबार नेप्से परिसूचक ५.३१ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ २१ । आइतबार नेप्से परिसूचक ५.३१ अंक घटेर २०६१.७० विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज ३०७ स्टकको ७० हजार ७९० पटकको कारोबारमा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँ बराबरको ९२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ३३ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज एशियन लाइफ इन्स्योरेन्सले करिब १३ करोडको शेयर खरिदबिक्री भएको छ भने निफ्राको १२ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। आज विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक आज सर्वाधिक १.०४ प्रतिशत घटेको छ।

Published Date: 04 February 2024


ताजा
विश्व शान्तिका लागि भि.एस. स्कुलको पहल, हिरोसिमाको स्मरण गर्दै फोटो–भिडियो प्रदर्शनी
देशभर श्रद्धा र भक्तिभावका साथ श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
आज शुक्रबारको राशिफल
रसुवा बाढीपीडितका लागि नेपाली सेफ सोसाइटीको आर्थिक सहयोग


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास
भोलि भक्तपुरमा अरुण थापाको सम्झनामा विशेष सांगीतिक कार्यक्रम, प्रवेश निःशुल्क
भक्तपुरका संवेदनशील क्षेत्रमा जथाभावी ड्रोन उडान : अनुमति कसले दिन्छ, नियमन कहाँ छ?