बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ १८ । बिहीबार नेप्से परिसूचक ३०.९२ अंक घटेर २०६७.०१ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०९ स्टकको ८० हजार पटकको कारोबारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक आज २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 01 February 2024


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी