बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घट्यो

बिहीबार नेप्से परिसूचक ३०.९२ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, माघ १८ । बिहीबार नेप्से परिसूचक ३०.९२ अंक घटेर २०६७.०१ विन्दुमा झरेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा आज ३०९ स्टकको ८० हजार पटकको कारोबारमा ४ अर्ब १८ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्सका शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज ५४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, आज ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा कम्पनीको १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज वित्त उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक ०.२१ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र अन्य उपसमूहको परिसूचक आज २ प्रतिशतभन्दा बढी घटेको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 February 2024
Website | + posts