‘स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ’ संस्मरणात्मक पुस्तक विमोचन कार्यक्रम सम्पन्न

‘स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ’ संस्मरणात्मक पुस्तक विमोचन कार्यक्रम सम्पन्न : Icon Khabar

काठमाडौं, माघ १७ । आज नेपाल – रुस संस्कृति र साहित्यका सेतु, लेखक , अनुवाद समालोचक, अनुसन्धानकर्ता स्व. कृष्ण प्रकाश श्रेष्ठ को संझनामा समर्पित ‘स्मृतिको तरेलीमा कृष्ण प्रकाश श्रेष्ठ’ संस्मरणात्मक पुस्तक विमोचन कार्यक्रम सम्पन्न भयो । तीस र चालीसको दशकमा उनले गरेका अनुवादको आँखीझ्यालबाट हामीले सोभियत समाज चियाउने गर्थ्यौ।

नेपाल रुस साहित्य समाजद्वारा आयोजित उक्त कार्यक्रममा Russian House in Kathmandu का प्रतिनिधि सुशील सिग्देलबाट स्वागत मन्तव्य; साहित्यकार तेज प्रकाश श्रेष्ठबाट उनको पारिवारिक पृष्ठभूमि; लेखक सम्पादक वसन्त थापा, प्रा.डा. खेम कोइराला बन्धु, प्रा.डा. वासुदेव त्रिपाठीबाट उनको बहुआयामिक विश्लेषण; अध्ययनकालका उनका समकालिन दौँतरीहरु ई राजेन्द्र बहादुर अधिकारी र विद्वान कुटनीतिज्ञ एवम दार्शनिक नीलाम्बर आचार्यबाट स्वर्गीय कृष्ण प्रकाश सम्बन्धि रोचक संस्मरण प्रस्तुत गरे ।

नेपाल रुस साहित्य समाजका महासचिव वरिष्ठ साहित्यकार इ. चन्द्र कान्त आचार्यको व्यवस्थापन, संस्थाका उपाध्यक्ष वरिष्ठ साहित्यकार इ. विष्णु बहादुर सिंह द्वारा आतिथ्य स्वागत र वरिष्ठ भूगर्भविद इ. आमोद मणी दिक्षीत बाट उदघोषित उक्त कार्यक्रम नेरुसासका अध्यक्षको मार्मिक मन्तव्य बाट समापन भयो ।

“सम्झनाको तरेलीमा स्व. कृष्ण प्रकाश श्रेष्ठ” ३० जना लेखकहरू को साझा संकलन हो । यसको सम्पादकहरु प्रा डा जंगब चौहान, ई. चन्द्र कान्त आचार्य, ई. विष्णु बहादुर सिंह र ई. रामविन्दु श्रेष्ठ हुन् ।

Published Date: 31 January 2024


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर