सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो

सोमबारको सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन ११ । स्थानिय बजारमा आजपनि सुनको मूल्य वृद्धि भएको छ । सोमबारको कारोबारमा सुनको मूल्यमा ३ हजार २ सय रुपैयाँले बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउमा पनि बढेको छ । चाँदी आज १७० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५९५ रुपैयाँ कायम भएको छ ।

Published Date: 23 February 2026