आइतबार सुनको मूल्यमा उच्च बढोत्तरी

आइतबार सुनको मूल्यमा उच्च बढोत्तरी : Icon Khabar

काठमाडौँ, फागुन १० । स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आइतबारको कारोबारमा सुनको मूल्यमा ५ हजार ६ सय रुपैयाँको बढोत्तरी भएको छ । आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको भाउमा पनि उछाल आएको छ । चाँदी आज ३७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।

Published Date: 22 February 2026
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय