नेपाल बंगलादेशसॅग पराजित

नेपाल बंगलादेशसॅग पराजित : Icon Khabar

काठमाडौं, माघ १७ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसॅग ५ विकेटले पराजित भएको छ ।

जितका लागि १ सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २६ औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि स्पिनर सुभाष भण्डारीले ५ विकेट लिएपनि खेलको नतिजा बदल्न सकेनन् ।

बंगलादेशका लागि अरिफुल इस्लाम र जिशान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा नटआउट ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिशानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोडेको थियो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए ।

खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेको थियो । विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।

त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । आठौं ओभरको पाँचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । तर चौथो विकेटका लागि विशाल र देवले ६२ रनको साझेदारी गरे ।

देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । जिशन आलमको बलमा उनी कभरमा क्याच भएका थिए । त्यसपछि विशालले एकतर्फ रन जोड्दा अर्कोतर्फ लगातार विकेट खसेपछि नेपालको इनिङले गति लिन सकेन ।

गुलशन झा, दिपक बोहोरा र दीपेश कँडेल समान ३-३ रनमा आउट भए । आकाश चन्द पहिलो बलमै एलबीडब्लू धरापमा परे । सुभाष भण्डारीले ३४ बलमा १८ रनको योगदान दिए । दुर्गेश गुप्ताले १ बल बाँकी रहँदा क्याचआउट हुनुअघि १४ बलमा १ छक्कासहित ९ रन जोडे ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३-३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १-१ विकेट हात पारे ।

नेपालले अब शुक्रबार भारतको सामना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 January 2024
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू