नेपाल बंगलादेशसॅग पराजित

नेपाल बंगलादेशसॅग पराजित : Icon Khabar

काठमाडौं, माघ १७ । आइसीसी यू१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल बंगलादेशसॅग ५ विकेटले पराजित भएको छ ।

जितका लागि १ सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बंगलादेशले २६ औं ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालका लागि स्पिनर सुभाष भण्डारीले ५ विकेट लिएपनि खेलको नतिजा बदल्न सकेनन् ।

बंगलादेशका लागि अरिफुल इस्लाम र जिशान आलमले अर्धशतक प्रहार गरे । अरिफुलले ३८ बलमा नटआउट ५९ रन जोडे । उनले ७ चौका र २ छक्का प्रहार गरे । जिशानले ४३ बलमा ६ चौका र २ छक्कासहित ५५ रन बनाए ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले १ बल बाँकी हुँदा अलआउट हुँदै १ सय ६९ रन जोडेको थियो । नेपालका लागि मध्यक्रमका ब्याटर विशाल विक्रम केसीले सर्वाधिक ४८ रनको योगदान दिए । १ सय बलको सामना गर्दै ६ चौका प्रहार गरेका विशाल ४३ औं ओभरमा आठौं विकेटको रुपमा आउट भएका थिए ।

खराब सुरुवात गरेको नेपाललाई विशाल र कप्तान देव खनालको साझेदारीले उकासेको थियो । विपिन रावल चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट स्लिपमा क्याच आउट भएका थिए । उनले १२ बल खेलेर २ रन बनाए ।

त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । आठौं ओभरको पाँचौ बलमा रिजवानकै हातबाट क्याच आउट भए ।

अर्जुन कुमाल भने रोहानत बोर्सोनको बलमा नवौ ओभरको तेस्रो बलमा २६ बलमा २ चौका सहित १४ रन बनाएर मृधाको बलमा क्याच आउट भए । तर चौथो विकेटका लागि विशाल र देवले ६२ रनको साझेदारी गरे ।

देव ६० बलमा ३ चौकासहित ३५ रनमा आउट भए । जिशन आलमको बलमा उनी कभरमा क्याच भएका थिए । त्यसपछि विशालले एकतर्फ रन जोड्दा अर्कोतर्फ लगातार विकेट खसेपछि नेपालको इनिङले गति लिन सकेन ।

गुलशन झा, दिपक बोहोरा र दीपेश कँडेल समान ३-३ रनमा आउट भए । आकाश चन्द पहिलो बलमै एलबीडब्लू धरापमा परे । सुभाष भण्डारीले ३४ बलमा १८ रनको योगदान दिए । दुर्गेश गुप्ताले १ बल बाँकी रहँदा क्याचआउट हुनुअघि १४ बलमा १ छक्कासहित ९ रन जोडे ।

बंगलादेशका लागि रोहनत बोर्सोन र शेख जिबोनले ३-३ विकेट लिए । इकबाल हुसेन, मरुफ म्रिधा र जिशान आलमले १-१ विकेट हात पारे ।

नेपालले अब शुक्रबार भारतको सामना गर्दैछ ।

Published Date: 31 January 2024






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता