भारत विरुद्ध इंग्ल्याण्डको सनसनीपूर्ण जित

भारत विरुद्ध इंग्ल्याण्डको सनसनीपूर्ण जित : Icon Khabar

काठमाडौँ, माघ १४ । इङल्याण्डले भारतविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । टेस्टको पाँचौं दिन इङल्याण्डले दिएको २३१ रनको लक्ष्य पछाएको भारत २०२ रन बनाएर अलआउट भएपछि इङल्याण्ड २८ रनले विजयी भएको हो ।

यस टेस्टमा इङल्याण्डले पहिला ब्याटिंग गर्दै पहिलो इनिंगमा २४६ रन बनाएको थियो भने भारतले पहिलो इनिंगमा ४३६ रन बनाएको थियो । भारतले पहिलो इनिंगमा १९० रनको अग्रता लिएको थियो । दोस्रो इनिंग ब्याटिंग गर्न आएको इङल्याण्डले ४२० रन बनाएपछि भारतलाई २३१ रनको लक्ष्य दिएको थियो ।

यो जितपछि इङल्याण्डले ५ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब दोस्रो टेस्ट फेब्रुअरी २ देखि शुरु हुँदै छ ।

Published Date: 28 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास