गायिका रचना रिमाल चढेको गाडी दुर्घटना

गायिका रचना रिमाल चढेको गाडी दुर्घटना : Icon Khabar

दाङ, माघ १४ ।  गायिका रचना रिमाल सवार गाडी दाङमा दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको लमहीमा आयोजित महोत्सवमा सहभागी हुन जाने क्रममा उनी चढेको ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई मालवाहक ट्रकले ठक्कर दिएको हो ।

आज साँझ ५ बजेतिर दुर्घटना भएको तर गायिका रिमाललाई भने कुनै किसिमको चोटपटक नलागेको प्रहरीले जनाएको छ । गायिका रिमालले पनि दुर्घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूहरू सबै सकुशल रहेकाे जानकारी बताएकी छन् ।

उनका अनुसार गाडीमा सामान्य क्षति पुगेको छ । उनले गाडी दुर्घटनामा परेपछि लमही महाेत्सवमा आजकाे आफ्नाे प्रस्तुति स्थगित गरेर भाेलिका लागि सारेकाे जानकारी पनि दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts