गायिका रचना रिमाल चढेको गाडी दुर्घटना

गायिका रचना रिमाल चढेको गाडी दुर्घटना : Icon Khabar

दाङ, माघ १४ ।  गायिका रचना रिमाल सवार गाडी दाङमा दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङको लमहीमा आयोजित महोत्सवमा सहभागी हुन जाने क्रममा उनी चढेको ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई मालवाहक ट्रकले ठक्कर दिएको हो ।

आज साँझ ५ बजेतिर दुर्घटना भएको तर गायिका रिमाललाई भने कुनै किसिमको चोटपटक नलागेको प्रहरीले जनाएको छ । गायिका रिमालले पनि दुर्घटनाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफूहरू सबै सकुशल रहेकाे जानकारी बताएकी छन् ।

उनका अनुसार गाडीमा सामान्य क्षति पुगेको छ । उनले गाडी दुर्घटनामा परेपछि लमही महाेत्सवमा आजकाे आफ्नाे प्रस्तुति स्थगित गरेर भाेलिका लागि सारेकाे जानकारी पनि दिएकी छन् ।

Published Date: 28 January 2024


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास