आर्मीसँग साविक विजेता संकटा पराजित

आर्मीसँग साविक विजेता संकटा पराजित : Icon Khabar

पोखरा, माघ १४ ।  त्रिभुवन आर्मी फुटबल क्लब पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। साविक विजेता संकटा क्लबलाई आइतबार २-० ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो। पोखरा रंगशालामा भएको खेलमा‌ आर्मीलाई जित दिलाउन दिनेश हेन्जन २ र जिलेस्पीजंग कार्कीले १ गोल गरे।

पहिलो हाफको अन्तिम मिनेटमा जिलेस्पीले गोल गर्दे टोलीलाई अग्रता दिलाए। आर्मीका कप्तान भरत खवासको क्रसमा अनमार्क रहेका जिलेस्पीले हेडमार्फत गोल गरेका हुन् ।

४९ औं मिनेटमा आर्मीले पेनाल्टीमा गोल गर्दै अन्तर दोब्बर पार्यो । दिनेशले पेनाल्टीमा गोल गरे। दिनेशको‌ प्रहारमा संकटाका कुलिदप कार्कीले ह्याण्ड भएपछि आर्मीले पेनाल्टी पाएको हो । दिनेशले टोलीका लागि तेस्रो गोल ७६ औं मिनेटमा गोल थपे। जिलेस्पीको पासमा उनले गोल गरेका‌ हुन् ।

संकटाले सिधै बाइ पाएर क्वाटरफाइनलमा खेलेको हो भने आर्मीले पहिलो खेलमा राइजिङ स्टारलाई‌ पराजित गर्दै अन्तिम आठमा पुगेको थियो। ४ पटक फाइनल खेलेको आर्मीले अहिलेसम्म आहा रारा गोल्डकप जितेको छैन । दुई पटकको विजेता संकटा यसपटक पहिलो खेलमै पराजित भएको छ ।

आर्मीले अब सेमिफाइनलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड क्लबको विजेतासँग माघ १८ गते खेल्नेछ। थ्री स्टार भुटानको पारो एफसीलाई हराउँदै शनिबार सेमिफाइनलमा पुगेको थियो।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा सोमबार दुई ए डिभिजन टोली मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच हुनेछ ।

जावलाखेल अर्को ए डिभिजन टोली मछिन्द्र क्लबलाई १-० ले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो। मनाङले सिधै क्वाटरफाइनलमा मौका पाएको थियो। आहा रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Published Date: 28 January 2024
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय