कर्णाली विरुद्ध आर्मीको विशाल जित

कर्णाली विरुद्ध आर्मीको विशाल जित : Icon Khabar

काठमाडौँ, माघ १४ ।  लगातार तेस्रो जित दर्ता गर्ने क्रममा त्रिभुवन आर्मी क्लबले जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेश विरुद्ध विशाल जित दर्ता गरेको छ । आर्मीले कर्णाली विरुद्ध १६४ रनको फराकिलो जित दर्ता गरेको हो ।

आर्मीले दिएको २८० रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश २९ ओभरमा ११५ रनमा समेटियो । कर्णालीलाई सस्तैमा समेट्न अल राउन्डर द्वय कुशल मल्ल र विवेक यादवले समान ३-३ विकेट लिए । कुशलले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ९ रन दिएर ३ विकेट लिए । यस्तै विवेकले ६ ओभरमा २ मेडन सहित २५ रन दिएर ३ विकेट लिए । सोमपाल कामीले दुई विकेट लिँदा शाहब आलमले एक विकेट लिन सफल भए ।

कर्णालीका लागि हिमान्शु शाहीले सर्वाधिक १९ रन बनाए । यस्तै दिवन पुनले १३ बलमा १८ रन बनाए । बिपिन शाहीले १४ रन बनाए भने कप्तान रबिन्द्र शाही, निश्चल रावल र दिपेन्द्र रावतले समान १२ रन बनाए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान बिनोद भण्डारी र बसिर अहमदको कीर्तिमानी साझेदारीको मद्दतले विशाल योगफल खडा गर्यो । आर्मीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २७९ रन बनायो ।

बिनोद र बसिरले १६९ रनको साझेदारी गर्दै छैठौ विकेटका लागि प्रधानमन्त्री कप इतिहासको कीर्तिमानी साझेदारी गरे । यो जोडीले २०१९ मा दिलिप नाथ र किशल भुर्तेलले कर्णाली विरुद्ध नेपाल पुलिस क्लबका लागि कर्णाली प्रदेश विरुद्ध नै १३९ रनको साझेदारी गरेका थिए ।

बिनोदले शतक समेत पुरा गरे । इनिङको अन्तिम बलमा दुई रन लिँदै उनले शतक पुरा गरेका थिए । उनी १३२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै १०० रनमा अविजित रहे ।  बसिर भने शतक बनाउन बाट चुके । उनी ९२ बलमा १२ चौका र १ छक्का सहित ९८ रनमा नटआउट रहे । २२औ ओभरमा १००-५ को अवस्थाबाट कप्तान बिनोद भण्डारी र बसिर अहमदले इनिङ सम्हालेका थिए ।

आर्मीले सुरुवात भने खराब गरेको थियो । इमरान शेखलाई पहिलो ओभरमा नै गुमाएको थियो । उनी प्रकाश जैशीको बलमा क्याच आउट भएका थिए । सन्तोष कार्की पनि ११ रन मात्र बनाएर दिपेन्द्र रावतले शिकार बने । तेस्रो नम्बरमा आएका भिम शार्की पनि ३५ बलमा २५ रन बनाएर दिपेन्द्रकै बलमा नै आउट भए । विवेक यादवलाई दिवन पुनले ६ रनमा क्याच आउट गराए ।

युवा ब्याटर कुशल मल्लले १८ बलमा २ छक्का सहित २१ रन बनाएर दिनेश अधिकारीको बलमा प्रकाशद्वारा क्याच आउट भए । २२औ ओभरमा कुशल आउट भएदेखि आर्मीको कुनै पनि विकेट खसेन ।

कर्णालीका लागि ९ ओभरमा ४५ रन खर्चिंदै २ विकेट लिए । यस्तै प्रकाश जैशी, दिनेश अधिकारी र दिवन पुनले समान एक एक विकेट लिए ।

जित संगै आर्मीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  आर्मी ७ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । मधेशले मुलपानीमा जारी खेलमा लुम्बिनी प्रदेश विरुद्ध जित हासिल गरेमा आर्मीलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने छ । कर्णाली भने ८ खेलमा ६ अंक सहित सातौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 January 2024
Website | + posts