विश्वकै ठूलो क्रुज जहाज ‘आइकन अफ दी सिज’ निस्कियो पहिलो यात्रामा

विश्वकै ठूलो क्रुज जहाज ‘आइकन अफ दी सिज’ निस्कियो पहिलो यात्रामा : Icon Khabar

काठमाडौँ, माघ १४ । जब कुरा क्रुज जहाजको आउँछ, तब विश्वभरका मानिसहरूको दिमागमा ‘टाइटानिक’ जहाजको नाम आउँछ । तर, यसै महिनादेखि ‘आइकन अफ दी सिज’ नामक विशाल पानी जहाज पहिलो पटक सञ्चालनमा आएको छ । जुन पानी जहाजले टाइटानिकको झल्को मेटिदिने विश्वास गरिएको छ ।

किनभने टाइटानिकभन्दा यो पानी जहाज पाँच गुणा विशाल छ । विश्वकै सबैभन्दा ठूलो यो क्रुज जहाज आफ्नो पहिलो यात्रामा निस्किसकेको छ । आइतबार फ्लोडियाको मायामीमा यो जहाजको उद्घाटन गरिएको छ । आइकन अफ दी सिजको कुल लम्बाइ ११ सय ९७ फिट रहेको छ भने यसको तौल २ लाख ५० हजार ८०० गिगाटन रहेको छ । २० तल्ले यस जहाजमा एक पटकमा ७ हजार ६ सय यात्रुले यात्रा गर्न सक्छन् ।

रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेस्टुरेन्ट र बार हुनेछन् । यी सबै रेस्टुरेन्ट र बारमा बलिङ गेमको व्यवस्था छ । यस्तै, यो क्रुजमा सातवटा स्वीमिङ पुल पनि छ भने एक वाटरपार्क छ । यो वाटरपार्क संसारको अन्य कुनै वाटरपार्कको तुलनामा उत्कृष्ट छ । क्याटेगोरी ६ नामक यो वाटरपार्कमा ६ वटा वाटर स्लाइड रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार जहाजको सबैभन्दा सस्तो टिकट १८ सय ५१ डलर छ । यो टिकटले मायामीदेखि वेस्टर्न क्यारिबियनसम्मको यात्रा गर्न सकिन्छ । यस्तै, जहाजको सबैभन्दा महँगो टिकट १० हजार ८६४ अमेरिकी डलर छ । सुरक्षाका लागि जहाजमा १७ वटा लाइफबोट राखिएको छ । एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ । -एजेन्सी

Published Date: 28 January 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी