एमाले अध्यक्ष ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने, गरियो शुभमुहूर्त

एमाले अध्यक्ष ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने, गरियो शुभमुहूर्त : Icon Khabar

काठमाडौँ, माघ १४ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चलचित्र ‘नमेटिने घाउ’ मा खेल्ने भएका छन् । ओलीलाई प्रधानमन्त्रीको भूमिकामा राखेर फिल्म नमेटिने घाउ बनाउन लागिएको हो । फिल्ममा तेजाब आक्रमबाट पीडित किशोरी तथा महिलाको पीडा र उनीहरूको भोग्नु परेको अवस्था समेटिने बताइएको छ ।

यो चलचित्र नायक रमित ढुंगानाको हो । यस चलचित्रको निर्माता तथा निर्देशक पनि ढुंगाना नै हुन् । यस चलचित्रको छायांकन फागुन दोस्रो साताबाट सुरु हुने जनाइएको छ । आज चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । यस चलचित्रमा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्कालगायतले अभिनय गर्नेछन् ।

Published Date: 28 January 2024


ताजा
देशका पूर्वी र मध्य भागमा मनसुन सक्रिय, तराईमा तातो लहर र पहाडमा वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
सूर्यविनायकको आर्गस एजुकेशन भक्तपुरमा सिथि नखः विशेष कार्यक्रम सम्पन्न
मोडर्न स्कूल/कलेजमा कक्षा ११ को अभिमुखीकरण कार्यक्रम सम्पन्न


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी